काठमाडौं। आज ४ घण्टा (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) नेपाल प्रहरीको हटलाइन नम्बर १०० को सेवा अवरूद्ध हुने भएको छ।
नेपाल प्रहरीका अनुसार प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा अवरूद्ध गर्न लागेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयको भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षबाट उक्त कन्ट्रोल सञ्चालन हुँदै आएको छ।
यसबीचमा प्रहरीलाई सम्पर्क गर्नुपरेमा प्रहरी कन्ट्रोल रूमको ९८५१२८३०२६ नम्बरमा सम्पर्क गर्न सकिनेछ। त्यस्तै ट्राफिक कन्ट्रोलको लागि १०३ र ९८५१२९५१०० मा सम्पर्क गर्न सकिनेछ। जिल्ला प्रहरी परिसर काठमाडौंमा ९८५१२८३०१२, ललितपुरमा ९८५१२८३०१७ र भक्तपुरमा ९८५१२८३०२० मा सम्पर्क गर्न सकिनेछ।