छोराद्वारा धारिलो हतियार प्रहार गरेर बुवाको हत्या

Nagarik Sewa 4431+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

गुल्मी। गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले धारिलो हतियार प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन्। २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि हतियार प्रहार गरेका थिए। बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ।

बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए। धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए।

दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी भएलगत्तै प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्ती नेतृत्वको टोली खटिएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको छ । कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार