मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए थप चार दल

Nagarik Sewa 4669+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

काठमाडौं ।  कात्तिक १९ गते घोषणा भएको नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन्। बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। 

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमतको विद्रोही समूह र नेकपा (माओवादी)को विद्रोही समूहबीच एकता हुँदैछ। एकता घोषणा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, गंगालाल तुलाधर लगायत सहभागी छन्। 

समाहित हुन आएका दलका नेताहरू; राजेन्द्र श्रेष्ठ लगायत पनि कार्यक्रममा उपस्थित छन्। एकता घोषणा कार्यक्रममा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति छ। कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो। त्यसपछि भीम रावलसहित दुइटा पार्टी पनि नेकपामै जोडिएका थिए।बिहीबार एकतामा जोडिएकासहित नेकपामा एकीकृत हुने घटकको संख्या १६ पुगेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार