रसुवागढी हाइड्रो पावरबाट ५२ मेगावाट विद्युत् उत्पादन

Nagarik Sewa 4392+ समाचार ( )
८ पौष २०८१, सोमबार

रसुवा। उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएर ५२ मेगावाट विद्युत् उत्पादन भएको छ।  

गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ ।    

उक्त विद्युत् गृहमा जडित ३३-३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए ।                

सो आयोजना कूल लागत रु १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ।                  

रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार