मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

झलनाथ खनालद्वारा पार्टी पुनःगठनको घोषणा

Nagarik Sewa 4519+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने उहाँले जिकिर गर्नुभयो।

नेता खनालले सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो। सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लिगेसीलाई पुनः जागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताउनुभयो। अब आफूहरू नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न उनले आग्रह गर्नुभयो। सम्मानित नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरू लाग्ने बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार