तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग बत्ती बालेर चाड मनाउन सकिने प्राधिकरण आग्रह

Nagarik Sewa 4431+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आम उपभोक्तालाई यस वर्षको तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन सकिने बताएको छ। उज्यालोको पर्व तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा विश्वस्त रहन प्राधिकरणले आग्रह गरेको हो।

प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठुलो मात्रामा बिजुली बचत हुन्छ। जसलाई घरायसी प्रयोजनका लागि सहजै उपलब्ध हुन्छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन । उनले भने– ‘पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ ।’

प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । कुनै स्थानमा फल्ट भएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार