विष्णु पौडेलाई काठमाडौं ल्याइयो

Nagarik Sewa 4689+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

काठमाडौं। सोमबार सुर्खेतबाट पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलाई मंगलबार दिउँसो काठमाडौं ल्याइएको छ। नियन्त्रणमा लिनुअघि पौडेलको ललितपुरस्थित निवासमा विभागको टोलीले छापा मारेको थियो।

पौडेललाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको छ। उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरिएको विभागले जनाएको छ।

पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेतमा रहेको बेला हिजो अपराह्न पौडेललाई प्रहरीले पक्राउ गरेको थियो भने राति नै स्थलमार्ग हुँदै उनलाई काठमाडौं ल्याएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार