मुख्य समाचार
यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू | फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन | राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी हाम्रो होः संयोजक प्रचण्ड | प्रेम दिवस विशेष कविताः खै के बनेर आयौ तिमी मेरो जिवनमा? | सिन्धुपाल्चोक २ मा मतदाताको मन जित्दै चौलागाईं : ठूला दल दबाबमा, चुनावी माहोल थप रोचक बन्दै | रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु | १७ औँ राष्ट्रिय बाल नाट्य महोत्सव रूसी घर काठमाडौंमा सुरु | एसियाली खेलकुदलक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन | उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै | सुनको मूल्यमा वृद्धि |

राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी हाम्रो होः संयोजक प्रचण्ड

Nagarik Sewa 4035+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गर्नुभएको छ। ‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन’, मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘नाम र भाषा र व्याकरणको दृष्टिकोणले र सबै खालका पुच्छर हटाउने दृष्टिकोणले पनि।’

पार्टी गठन पनि गत कात्तिक १९ गते भएकाले सबै हिसाबले नेकपा नयाँ पार्टी भएको प्रचण्डको भनाइ थियो। ‘विचारको हिसाबले पनि योभन्दा नयाँ पार्टी कुनै पनि छैन । सबै वर्ग क्षेत्रको अधिकारको पहिचान गर्ने पार्टी’, उहाँले भन्नुभयो। प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। 

उहाँले चुनौतीका साथ विचार, नाम, संगठन र राजनीतिक मुद्दाका हिसाबले नेकपा नै नयाँ हो भनेर जनतालाई बुझाउन निर्देशन दिनुभयो। ‘जसले आफूलाई नयाँ भन्ने गरेका छन् उनीहरू विचारका दृष्टिले सबभन्दा पुराना हुन् । उदार पुँजीवाद र दलाल पुँजीवादका पक्षधर कसरी नयाँ ?’, प्रचण्डको प्रश्न छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार