क्रिकेट खेलाडी ब्रायन लारा नेपालमा

Nagarik Sewa 4426+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट जगतका सफलतम खेलाडीमध्ये एक ब्रायन लारा आज बिहान नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गरिरहेको नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजका लिजेन्ड लारालाई नेपाल ल्याएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले उनको स्वागत गरेका थिए । लारा सोमबारसम्म नेपालमा रहने बताइएको छ ।

एनपीएल चलिरहँदा क्यानले विश्वविख्यात लारालाई नेपाल ल्याएको हो । उनले त्रिवि क्रिकेट मैदानमा हुने केही खेलहरू हेर्नेछन् । त्यस्तै क्रिकेट खेलाडीहरूसँग साक्षात्कार गर्ने पनि बताइएको छ । यी ५५ वर्षीय सर्वकालिक महान किक्रेटरले टेस्ट क्रिकेटको एकै इनिङ्समा ४०० रन बनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार