विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै

Nagarik Sewa 4640+ समाचार ( )
१२ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा, चिरञ्जीवी ढकाल लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन्। 

दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए । ढकालले आयोगमा बुझाउन १५ सय जनाको हस्ताक्षर र विधान तयार पारिएको तथा नपुगेको बाँकी दस्ताबेज पछि उपलब्ध गराउने बताए । संसदीय निर्वाचनमा भाग लिने आधिकारिक निर्णय गरेको नेकपाले २०८१ चैत १९ गते आयोगमा दल दर्ताका लागि अध्ययन गर्न बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार