मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

पुल बेचेको आरोपमा काभ्रेका वडाध्यक्ष पक्राउ

Nagarik Sewa 5112+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको पुष्टि गरे । वडाअध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी गरिएको उनले बताए ।

गत असोजमा रोशी खोलमामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीलाई बिक्री गरेको आरोप उनी पक्राउ परेका हुन् । सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्री गरेको स्थानीयको आरोप छ ।

खोलामा रहेको पुल काटेर कबाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कबाडीवालाबीच केही विवाद भएको थियो । वडा अध्यक्षको निर्देशनमा सामान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । सोही सूचनाका आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलीले रोशी– ७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति पुल लोड भएका बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो । साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ बर्ष ४७का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ वर्ष ४० का रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका वडाअध्यक्ष गौतमले भने नमोबुद्द-६ को समेत समन्वयमा सामान उठाएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै