पुष्पा २ ले तोड्यो बक्स अफिसको रेकर्ड

Nagarik Sewa 4431+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं। दक्षिण भारतीय स्टार र अल्लु अर्जुनको फिल्म पुष्पा २ ले बक्स अफिसमा धमाधम रेकर्डतोड कमाई गरिरहेको छ। रिलिजको दोस्रो सप्ताहन्तसम्म फिल्मले विश्वभरमा १४०० करोड भारुभन्दा धेरै कमाएको छ। फिल्मको विशेष शोका क्रममा भएको घटनाको  मामिलामा अल्लु पक्राउ परेपछि फिल्मको कमाई प्रभावित हुने बताइएको थियो । तर ट्रेड एक्सपर्टहरूले भने अरु नै कुरा बताइरहेका छन् ।

१३ डिसेम्बरमा सन्ध्या थिएटरमा फिल्मको विशेष प्रिमियरमा भागदौडको क्रममा एक महिलाको मृत्यु भएको थियो भने महिलाको नाबालक छोरा आईसीयूमा पुगेका छन् । यस घटनाका कारण फिल्मको कमाई घट्ने अनुमान गरिएको थियो । तर आँकडा यसको ठिक उल्टो आएको छ । अल्लु पक्राउ पर्नु अनि उनको रिहाइपछि आएको नयाँ आकडाले यो घटनाले फिल्मले झनै फाइदा पाएको देखाएको छ ।

अल्लु सप्ताहन्तमा पक्राउ परेका थिए । उनी समातिएको खबरले फिल्मको प्रचार प्रसारमा झनै सघायो । विवाद भएपनि यसले फिल्मप्रति दर्शकको भावनामा कुनै असर नपुर्‍याएको विज्ञहरू बताउँछन् । अल्लु उक्त घटनाका लागि प्रत्यक्ष रुपमा जिम्मेवार नभएपछि मृतकको परिवारलाई क्षतिपूर्ति दिने उनको निर्णयले उनीप्रति सहानुभूति राख्नेको संख्या बढाइदियो । घटनाका कारण फिल्मको कलेक्सन घटेन बरु उल्टै शानदार रह्यो ।

सोमबार ११ दिनमा भारतमा फिल्मले ७६ करोड ६० लाख भारु कमाएको थियो । योसँगै फिल्मको कमाई ९०२ करोड १० लाख भारु पुगेको छ । विदेशमा फिल्मको ११ दिनमा १४०० करोड भारु नाघेको फिल्मका मकरहरूले बताएका छन् । फिल्म छिट्टै १५०० करोड पार गर्ने क्रममा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार