काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।