काठमाडौं। आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेट्नुभएको छ। राजदूत श्रीवास्तवले परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुभएको हो। गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।
भेटमा उहाँले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।