बालेनद्वारा रोजगार मेलाको अवलोकन गर्न आग्रह

Nagarik Sewa 4431+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न आग्रह गर्नुभएको छ। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र  आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ । गएको आर्थिक  वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको हो।  

उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गर्दै उहाँले यसको अवलोकनको लागि आग्रह गर्नुभएको हो। यसअन्तर्गत १५ हजार व्यक्तिलाई  सिपमूलक तालिम दिइने प्रमुख शाहले जानकारी दिनुभयो । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा  आबद्ध गराउने महानगरको लक्ष्य राखेको छ ।  

मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन) र स्टक मार्केट  सम्बन्धी तालिम चलिरहेका छन्।  दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले  आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार