मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

आईजीपी सर्वेन्द्र खनालले छोडे एमाले: कुन पार्टीमा जाने अनिश्चित

Nagarik Sewa 4697+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं ।  पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। आइतबार बिहानै फेसबुकमा स्टाटस लेख्दै खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको बताएका हुन्।

‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन’, उनले लेखेका छन्, ‘म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरू समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थितअनुकूल सधैँ सक्दो कार्यहरू गरिरहनेछु।’

प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी २०७९ असोज ६ मा एमालेमा प्रवेश गरेका थिए। लगत्तै उनले एमालेबाट काठमाडौँ क्षेत्र नम्बर ६ का लागि प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालसँग हारे।

त्यसपछि एमालेले उनलाई पुनः तनहुँमा भएको उपनिर्वाचनमा पनि उठायो। तर त्यहाँ पनि उनी रास्वपाकै उपसभापति डा. स्वर्णिम वाग्लेसँग पराजित भए। भीम रावल निष्कासन भएको ११ दिनपछि पूर्वआईजीपी खनालले पनि एमालेबाट बाहिरिएको घोषणा गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार