राष्ट्रिय वाणिज्य बैंकले ल्यायो 'प्रदेश विशेष कृषि कर्जा'

Nagarik Sewa 4431+ समाचार ( )
१२ आश्विन २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (RBB) ले देशका सातवटै प्रदेशका लागि लक्षित गर्दै 'प्रदेश विशेष कृषि कर्जा' योजना सार्वजनिक गरेको छ । कृषि उत्पादनमा प्रवर्द्धन र किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत किसानहरूले अधिकतम पाँच करोड रुपैयाँसम्मको कर्जा पाउनेछन् । बैंकले '७ प्रदेश ७ उत्पादन' भन्ने नारासहित सञ्चालनमा ल्याएको योजनामा प्रदेशअनुसार विशेष कृषि उत्पादनमा आधारित कर्जा प्रवाह गरिनेछ । उदाहरणका लागि, प्रदेश १ का लागि केरा उत्पादनलाई लक्षित गरिएको छ ।

योजना अन्तर्गतका प्रमुख विशेषताहरू:

कर्जा सीमा: अधिकतम रू. ५ करोडसम्म

ब्याजदर: आधार दरमा मात्र ०.५% प्रिमियम थप

प्रोसेसिङ शुल्क: केवल ०.५%

कर्जा अवधि: अधिकतम १० वर्षसम्म

बैंकले किसानहरूको पहुँचमा सुलभ र दीर्घकालीन कृषि लगानी ल्याउने आशयले यो योजना सञ्चालनमा ल्याएको जनाएको छ । कर्जा प्रक्रिया सरल र किसानमैत्री बनाइएको बैंकले जानकारी दिएको छ । अधिक जानकारीका लागि ग्राहकले बैंकको नजिकको शाखा वा Call Center +९७७-०१-५९७००१८ मा सम्पर्क गर्न सक्नेछन्, साथै www.rbb.com.np मा पनि जानकारी उपलब्ध छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार