मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

दुई दिनका लागि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

Nagarik Sewa 5112+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गते बस्ने भएको छ। असोज २६ देखि केन्द्रीय समिति बैठक तय भए पनि केन्द्रीय कार्यसम्पादन समिति बैठक नसकिएकोले केन्द्रीय समिति बैठक सरेको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतले असोज २८ गते केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए। शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महाधिवेशन विधि, प्रक्रियासम्मत तवरले गर्नेबारे पनि छलफल भएको महतले बताए।

साथै प्रतिनिधि सभाको निर्वाचन र संसद पुनःस्थापनाको विषयमा छलफल भएको उनले बताए। यसबारेमा केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने महतले बताए।

केन्द्रीय समिति बैठकबाटै राजनीतिक मुद्दाहरुमा पनि कांग्रेसले स्पष्ट धारणा राख्ने उनले बताए।उनका अनुसार आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने र केन्द्रीय समितिको एजेण्डाबारे छलफल ‍हुनेछ। प्रवक्ता महतले संसद विघटन असंवैधानिक भएको पनि बताए। निर्वाचनमा जाने कुरा पनि राजनीतिक दृष्टिकोणबाट जायज रहेको बताउँदै सरकारले गम्भीरतापूर्वक काम नगरेको उनको आरोप थियो।

उनले गत भदौ २३ र २४ गतेको घटनालाई गहिराईमा गएर छलफल गरेको बताए। सुशासन र सामाजिक सञ्जाल खोल्ने कुरामा केन्द्रित आन्दोलन भए पनि दोस्रो दिनको आन्दोलनले जटिलता उत्पन्न गरेको भन्ने ढंगको छलफल भएको उनले बताए। यसले राष्ट्रिय र राजनीतिक दलहरुको जीवनमा पनि ठूलो असर पारेको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै