रौतहटमा साढे तीन क्विन्टल गाँजा बरामद, पिकअप चालक फरार

Nagarik Sewa 3503+ समाचार ( )
५ अशोज २०८२, आइतबार

अरुण पटेल/रौतहट l रौतहट जिल्लाको ईशनाथ नगरपालिका–८ स्थित मनसरी नाकाबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएको ठूलो मात्राको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले गएराति चेकजाँचका क्रममा ३ सय ३४ केजी (साढे तीन क्विन्टल) गाँजा लोड गरिएको पिकअप भ्यान नियन्त्रणमा लिएको हो।

प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानमा बाहिरी भागमा २० पोका काउली देखाएर तल्लो भागमा २६ पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।गाडी प्रहरीले चेकजाँच गर्न लागेपछि चालक फरार भएको र हालसम्म उनको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा यस्ता लागू औषध तस्करीका गतिविधि दोहोरिरहेकाले निगरानी र सुरक्षालाई थप कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै