युक्रेनसँग सिधा र तत्काल वार्ता गर्ने पुटिनको चाहना

Nagarik Sewa 4431+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मे १५ देखि सिधा र तत्काल वार्ता गर्न चाहेको बताएका छन्। शनिबार अबेर रात टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, ‘हामी यो वार्ता गम्भीर होस् भन्ने चाहन्छौं ताकि युद्धको मूल कारणसम्म पुग्न सकियोस् र बलियो तथा स्थायी शान्तिको स्थापना गर्न सकियोस्।’ उनले आइतबार टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोगानसँग यस विषयमा विस्तृत छलफल गर्ने बताएका छन्। हालसम्म युक्रेनले यस वार्ताको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन। 

बेलायतका प्रधानमन्त्री किआर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों शनिबार युक्रेनको भ्रमणमा रहेको बेला पुटिनको नयाँ प्रस्ताव आएको हो। बीबीसीका अनुसार भ्रमणका क्रममा दुवै नेताले रूससँग ३० दिनको बिनाशर्त युद्धविरामको माग गरेका थिए।

रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोले यो प्रस्तावको अध्ययन गर्नेछ ।’ यद्यपि उनले ‘दबाब दिने प्रयास व्यर्थ हुनेछ’ भनेर चेतावनी समेत दिएका छन्। पुटिनले युक्रेनसँगको वार्ता टर्कीको इस्तानबुल सहरमा आयोजना गर्ने प्रस्ताव गरेका छन् । उनले यो वार्ताले नयाँ युद्धविराम वा सम्झौता ल्याउने सम्भावनालाई अस्वीकार गरेका छैनन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै