काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को विन्दुमा पुगेको छ ।

सोमबार ३२२ कम्पनीका ७४ हजार ८६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ९६ करोड २ लाख ९२ हजार हजार २३५ रुपैयाँ रहेको छ ।
७७ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये व्यापार र अन्य कम्पनीका उपसमूहहरू सामान्य बढ्दा बाँकी राताम्मे छन् । न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।