मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

१ सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

Nagarik Sewa 4669+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

काठमाडौं । आज १ सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी सम्पन्न भएकाे छ । सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नारासहित नेपालमा पनि मनाइएकाे हो ।

हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नेपालमा लैंगिक समनता र महिला अधिकारको प्रवर्द्धमा यो दिवसले महत्वपूर्ण योगदान दिएको छ । आजको दिनमा महिला सशक्तिकरणलाई प्रोत्साहन गर्ने र लैंगिक विभेद हटाउने सवालमा देशभर विभिन्न कार्यक्रम गरिएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरेकाे छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव बन्नुभयो । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग राखेर महिलाहरूले हडताल गरे । महिला अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

नेपालमा शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण तथा नेतृत्वमा महिला सहभागिता बढे पनि त्यो पर्याप्त नभएको सरोकारवालाको गुनासो छ । त्यसैले महिला समानताको लक्ष्यलाई वास्तविक कार्यान्वयमा ल्याउन हातेमालो गर्दै जाने सवालमा यो दिवस महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै