पार्टी कार्यालयमा आक्रमण हुँदा पनि राज्यले सुरक्षा नदिएको नेकपा एसको आरोप

Nagarik Sewa 4487+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमाथि तोडफोड र आगजनी भए पनि सुरक्षा दिन राज्यले विभेद गरेको आरोप लगाएको छ ।  शुक्रबार बोलाइएको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद शेरबहादुर कुँवरले गृहमन्त्री रमेश लेखकलाई तीनकुने घटनाका विषयमा जवाफ माग गर्दै राजावादी प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा नदिएको आरोप लगाउनुभयो।

उहाँले आफूले फोन गरेर जानकारी गराउन खोज्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ऋषिराम तिवारीलगायत सरकारमा संलग्न दलहरूलाई पनि जानकारी गराउन खोज्दा सम्पर्कमा नआएको बताउनुभयो। प्रहरी महानिरीक्षकलाई फोन गरेरै सुरक्षा माग गर्दा पनि सुरक्षा नदिएको उहाँको भनाइ छ ।

‘सीडीओले फोन उठाउनुभएन । अन्यले पनि उठाउनुभएन । प्रहरी महानिरीक्षकलाई पनि फोन गरेको थिएँ, तर पनि सुरक्षा दिइएन । साना पार्टीको सुरक्षा के गर्नुपर्‍यो भनेर हो कि? पार्टीको अध्यक्ष (माधव नेपाल) को घरमाथि आक्रमणको प्रयास भयो । हेला गरेर हो कि ?,’ उहाँले प्रश्न गर्नुभयो ।

यस्ता विषयमा राज्य र राज्यका निकायहरूलाई संवेदनशील हुन उहाँले आग्रह गर्नुभयो। सुरक्षा दिने कुरामा राज्यका सम्पत्ति र राज्यका निकायका सम्पत्तिको सुरक्षा दिन विभेद नगर्न समेत उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

अन्य पार्टी कार्यालयहरूमा थुप्रै सुरक्षाकर्मी खटाइएको तर घटनास्थलको सबैभन्दा नजिक भएर पनि नेकपा एसको पार्टी कार्यालयमा सुरक्षा नदिइएको आरोप उहाँको छ । यसैगरी उहाँले तीनकुनेमा भएको राजावादी प्रदर्शन उद्देश्यविहीन रहेको र सर्वसाधारणको धनजनको समेत सुरक्षा नहुने अवस्था सिर्जना भएको भनाइ राख्नुभयो । ‘सर्वसाधारणको धनजनको पनि सुरक्षा हुने अवस्था आएन । मान्छेको सम्पत्ति संरक्षण कसरी हुने रु ढुङ्गा मुढा प्रहार गरिएको जथाभाबी । कुनै बेला हामी पनि व्यवस्था विरोधी आन्दोलनमा थियौँ । तर त्यो आन्दोलन उद्देश्यमूलक थियो,’ उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीमाथि प्रहार ।

आम जनता र आम जनताको सम्पत्तिमाथि प्रहार गरिएको छ । सरकारी गाडी ताकी ताकी जलाइएको छ । राज्यको नोक्सानी सबैको नोक्सानी भन्ने हेक्का गरिएको छैन । हाम्रो पार्टी कार्यालयमा आक्रमण भएको छ । लुटपाट गरिएको छ । यस्ता घटना निन्दनीय छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार