मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु

Nagarik Sewa 4697+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

काठमाडौं। बाजुराको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जिप दुर्घटनामा हुँदा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। 

जिपमा सवार भएका १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। जसमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकाया छन् । दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका वडा नं ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले राससलाई जानकारी दिए ।

सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी जाँदै गरेको जिप दुर्घटना भएको थियो ।जिपको क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक चौधरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै