आज ऋषि पञ्चमी पर्व

Nagarik Sewa 4387+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

काठमाडौं।  आज नेपाली नारीहरुले भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।

महिलाहरु आज बिहान उठेर स्नान गरी मंगलबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । 

आज पशुपतिस्थित गुहेश्वरी गौरीघाट र टेकुस्थित ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुहरूको भीड लाग्ने भए पनि वर्षाका कारण प्रभावित भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार