साउदी अरेबियामाथि नेपालको १-० गोल जित

Nagarik Sewa 4431+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। भुटानको थिम्पुमा जारी एएफसी यू २० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० गोलअन्तरले हराएको छ। थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्‍यो। निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् ।

खेलमा साउदीले नेपालविरुद्ध केही राम्रा अवसरहरू बनाएपनि गोल भने गरेको थिएन । नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाएपनि मीना देउवाको प्रहार बारमा लागेको थियो । 

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो । पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागिसकेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । खेल आइतबार हुनेछ । प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार