काठमाडौं । सातदोबाटो युथ क्लब र श्री भगवती क्लब टोखाले राष्ट्रिय लिगमा अंक बाँडेका छन् । बुधबार (फागुन १३) लिगअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो र भगवतीबीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
प्रतियोगितामा सातदोबाटोको यो तेस्रो बराबरी हो । यो बराबरीसँगै सातदोबाटोले सात खेल खेल्दा ६ अंक जोडेको छ । सातदोबाटोले एक जित र समान तीन बराबरी र हार व्यहोरेको छ । भगवतीले भने पहिलो बराबरी खेलेको हो । यो बराबरीसँगै भगवतीले सात खेल खेल्दा पाँच अंक जोडेको छ । भगवतीले एक जित, दुई बराबरी र चार हार व्यहोरेको छ ।