मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

नेपालले भुटानलाई २ सय ९८ रनले हरायो

Nagarik Sewa 4670+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

काठमाडौं। रौनक श्रीवास्तवको शतक पूरा गरेको एसिसी मेन्स यु १६ इस्ट जोन कपमा नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हराउँदै सहज जित निकालेको छ। मलेसियामा जारी प्रतियोगितामा आज नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हरायो। 

३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनायो। भुटानका अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो। भुटानका सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट र सुयोग भट्टराईले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । १७ रन जोड्दा २ ओपनर गुमायो ।

तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए । शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रन बनाए । रौनक र सुगम बुढाथोकीले चौथो विकेटका लागि ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन जोडे । पाँचौ विकेटका लागि रौनकले जोय थापासँग १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । यो समूहबाट दोस्रो हुँदै सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ । भुटान समूह चरणका सबै ४ खेलमा पराजित भयो।पराजित हुदै अंक बिहिन भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार थिए । दुई समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुगेका छन्। अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियाले नेपालसँग बिहीवार सेमिफाइनल खेल्नेछ ।

समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार