काठमाडौं । हुन्डी कारोबारको आंशकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धादिङको सत्यदेवी घर भई हाल नागार्जुन बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी अनपम राणाले जानकारी दिए ।
रिजालको बैंक खातामार्फत स्रोत नखुलेको एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँको कारोबार भएको देखिएको छ । रिजालमाथि सीआईबीको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।