चुनावी घोषणापत्रका नाममा जनतालाई ढाँट्ने काम गरेको घनश्याम भुसालको आरोप

Nagarik Sewa 4376+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रका नाममा जनतालाई ढाट्ने काम गरेको आरोप लगाएका छन् ।  शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कब्जा गर्ने नियतका साथ राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताए ।

यसअघि रेल, भ्यूटावर, पानी जहाजको कुरा गरेर जनतालाई ढाट्ने काम भएको भन्दै उनले यसपटक आगामी पाँच वर्षभित्र १७–१८ प्रतिशत आर्थिक बृद्धि गर्ने भनेर ढाट्ने काम भएको उल्लेख गरे ।

अघिल्लो बाचामा कसैले प्रश्न नगरेकै कारण फेरि त्यस्तै प्रवृति दोहरिएको उनको भनाइ छ । भुसालले नयाँ प्रतिवद्धताभन्दा यसअघि ४० बर्ष हिडेको विकासको बाटोमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।  उनले आसन्न निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बन्न पुगेको तर्क गरे । 

राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भए पनि त्यसो नगरी निर्वाचनमा जाँदा समस्या लुकाउने काम मात्र भएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार