काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै ९३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (भदौ ४) छापावाल सुन प्रतितोला ९ हजार ३०० रुपैयाँ बढेको हो । यससँगै खरिदकर्ताले एक तोला सुनको लागि तीन लाख १३ हजार ४०० रुपैयाँ खर्च गर्नुपर्नेछ । बुधबार छापावाल सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २६० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।