अमेरिकन विमान आकाशमै हेलिकोप्टरसँग ठोक्कियो

Nagarik Sewa 4431+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

वासिङ्टन। अमेरिकन एयरलाइन्सको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ । अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो । 

यो दुर्घटना स्थानीय समय अनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो । आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको छ । त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ । विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा उक्त विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ ।

दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र ४ चालक दलका सदस्य सवार रहेको बताएइको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार