श्रमदान अभियानको खेदो नखन्नु: मेयर हर्कराज राई

Nagarik Sewa 4392+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाएका छन् । 

राईले अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने बताएका छन् । साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन् । 

‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो रु कति दिन श्रमदान गर्‍यो रु को हो त्यो रु बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन् । उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् । 

‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार