काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज चाँडै कार्यान्वयनमा आउने भएको छ ।गृहमन्त्री सुधन गुरुङले सोमबार सबै मन्त्रालयहरूलाई उक्त प्याकेज ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् । 'हामीले अहिलेसम्म जेनजी शहीद र घाइतेहरूका मुद्दामा गम्भीरतापूर्वक काम गरिरहेका थियौं। अब भने त्यो लामो गृहकार्यको परिणाम स्वरूप, सबै मन्त्रालयहरूलाई यी मागहरू ७ दिनभित्र कार्यान्वयन गर्न निर्देशन जारी भइसकेको छ,' उनले लेखेका छन् ।
उक्त एकीकृत प्याकेजमा पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी जेनजी स्मारक निर्माणको लागि स्थान पहिचान तथा स्रोत व्यवस्थापन गर्ने, विद्यमान पाठ्यक्रममा परिमार्जन गरी शिक्षा तथा खेलकुद मन्त्रालयले उपयुक्त कक्षाको पाठ्यपुस्तकमा नेपालको सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा जेनजी आन्दोलनलाई समावेश गर्नेलगायतका मागहरू रहेका थिए ।