मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सर्वोच्चका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार

Nagarik Sewa 5112+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडौं । भारतको सर्वोच्च अदालतमा सोमबार बिहान एक ७१ वर्षीय अधिवक्ताले भारतीय प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता हाने प्रहार गरेका छन् । घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दिल्ली प्रहरीले दिएको जानकारी अनुसार, राकेश किशोर नामका वकिलले आक्रमण गरेका हुन् । उनले बिहान ११ः३५ बजे अदालत नम्बर १ मा चलिरहेको इजलासको क्रममा आफ्नो स्पोर्ट्स जुत्ता निकालेर प्रधानन्यायाधीश गवाईमाथि फ्याँकेका थिए ।

एक वरिष्ठ प्रहरी अधिकारीले भने, “सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्च अदालतको सुरक्षा एकाइलाई बुझाइएको छ । उनी मयुर बिहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एसोसिएसनका दर्तावाल सदस्य हुन् ।” प्रारम्भिक अनुसन्धानका क्रममा वकिल मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्धारको माग गर्दै दर्ता गरिएको निवेदनअन्तर्गत हालैको सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईले गरेको टिप्पणीबाट असन्तुष्ट रहेको खुलेको छ ।

प्रधानन्यायाधीश गवाई विचलित नभई शान्त देखिएका थिए । वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरेका थिए । अदालतबाट बाहिर निकालिँदै गर्दा ती व्यक्तिले 'सनातन धर्मको अपमान हिन्दुस्तानले सहने छैन' भनेर नारा लगाएको द इन्डियन एक्सप्रेसले जनाएको छ । ती अधिकारीले थपे, “हाल दिल्ली प्रहरीले सर्वोच्च अदालतका रजिस्ट्रार जनरलसँग समन्वय गरिरहेको छ । र, कुनै कानुनी कारबाही अघि नयाँ दिल्ली जिल्लाले यस विषयको अनुसन्धान गरिरहेको छ ।”

प्रधानन्यायाधीश गवाईलाई दिल्ली प्रहरीको सुरक्षा विभागद्वारा प्रदान गरिएको ‘जेड प्लस’ सुरक्षा कवच रहेको छ । अदालतमा उपस्थित एक वकिलले द इन्डियन एक्सप्रेसलाई बताएअनुसार, वकिलको पोसाकमा रहेका एक व्यक्तिले प्रधानन्यायाधीश गवाईमाथि केही वस्तु फ्याँकेका थिए । पछि सुरक्षाकर्मीहरूले ती व्यक्तिले भारतका प्रधानन्यायाधीशमाथि जुत्ता हानेको पुष्टि गरेका  थिए ।

वकिलले बाहिर निकालिँदै गर्दा ती व्यक्तिले केही नारा लगाएको पनि सुनेको बताए । घटना हुँदा प्रधानन्यायाधीश गवाई न्यायाधीश के. विनोद चन्द्रनसँगको दुई सदस्यीय इजलासको अध्यक्षता गर्दै थिए । उनले सेप्टेम्बर १६ मा खजुराहो मन्दिर परिसरको जावरी मन्दिरमा रहेको ७ फिट अग्लो जीर्ण भगवान् विष्णुको मूर्तिको पुनर्निर्माणको माग गरिएको निवेदन खारेज गर्दै टिप्पणी गरेका थिए ।

प्रधानन्यायाधीश गवाईले याचिकाकर्तालाई, “यो विशुद्धरूपमा प्रचारका लागि गरिएको मुद्दा हो । आफैँ गएर भगवान्‌लाई केही गर्न आग्रह गर्नुहोस् । यदि तपाईं भगवान विष्णुका प्रवल भक्त हुनुहुन्छ भने, प्रार्थना गर्नुहोस् र ध्यान गर्नुहोस् ।”

पछिल्लो समयमा प्रधानन्यायाधीश गवाईले भनेका थिए, “म सबै धर्महरूमा विश्वास गर्छु । म सबै धर्महरूको सम्मान गर्छु ।”

उनको टिप्पणी भारतीय पुरातत्व सर्वेक्षणको मर्मतसम्भार क्षेत्राधिकारको सन्दर्भमा गरिएको थियो । उनले आफू सबै धर्मको सम्मान गर्ने स्पष्ट गर्दै बताएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार