रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

Nagarik Sewa 4387+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

 आइतबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउने आदेश गरेको थियो । 

आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायिक हिरासतमा पठाउने आदेश भएको थियो । 

प्रतिक्रिया

fuzz4321@gmail.com २९ पौष २०८१, सोमबार

Frawler

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार