आज अमेरिकामा राष्ट्रपति निर्वाचन: कसले मार्ला बाजी

Nagarik Sewa 4861+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

एजेन्सी । अमेरिकामा आज ९नोभेम्बर ५ तारिख० राष्ट्रपति निर्वाचन हुँदै छ। निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्।  उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ट्रम्प रिपब्लिकन तथा ह्यारिस डेमोक्य्राटिक पार्टीबाट उम्मेदवार बनेका हुन्। 

एसिया-अफ्रिकी मूलकी महिला ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ भने ट्रम्प विजयी भएमा उनी दोस्रोपटक अमेरिकाको सर्वोच्च पदमा पुग्नेछन्।  यस निर्वाचनबारे भएका केही सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस थोरै अघि देखिएकी छन्।

संसारकै महाशक्ति राष्ट्र मानिने अमेरिकाको निर्वाचनलाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार