तोलामा ३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सयले बढेको छ । बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि  १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।  

यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

बिहीबार चाँदीको भाउ  पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार