सिमलताल पहिरोमा हराएको १८ महिनापछि एउटा बस फेला

Nagarik Sewa 4501+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं। चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको १८ महिनापछि दुई मध्ये एउटा बस गडिएको अवस्थामा फेला परेको छ। फेला परेको एउटा बसको अगाडिको ड्राइभर तर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि  प्रहरीलाई खबर गर्नु भएको थियो । 

दुर्घटना भएको स्थलबाट करिब तीन सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अवस्थामा फेला परेको हो। बसको अवशेष खोतल्ने काम प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाकी छ। चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले गडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको जानकारी दिएको छ। २०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे  पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर  बेपत्ता भएको थियो 

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो। ६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अवस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शब फेला परेको थियो  ५१ जना बेपत्ता भएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार