मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

रौतहटमा काट्ने बेलाको धान बाढीले बगाएपछि पीडामा किसान: सरकारले देला त राहात ?

Nagarik Sewa 4834+ समाचार ( )
२० अशोज २०८२, सोमबार

अरुण पटेल/रौतहट । धान काट्ने बेलामा आएको बाढीले रौतहटका सयौं किसानको वर्षौंदेखिको सपना बगाएर लगेको छ। खेतमा पाकेर उभिएको सुनौलो धान अहिले पानीमा लटरम्म बगिरहेको छ, र किसानको आँखामा आँसु थोपिएको छ। हिलोमा खुट्टा गाडेर, घाम-पानीको परवाह नगरी, पसिना बगाएर लगाइएको धान — जसमा चुल्हो बल्ने आशा थियो, छोराछोरी पढ्ने सपना थियो — त्यो एकैछिनको बाढीले बगाएर लग्यो। बर्खा कटिसकेको, मौसम खुलेको बेला किसान धान काट्ने तयारीमै थिए। तर सरकारी बेवास्ता र पूर्वतयारीको अभावबीच आएको आकस्मिक बाढीले मेहनतको सिङ्गो कथा डुबायो।

“हामीले रातदिन मेहनत गर्‍यौं, अब त चामल थापौंला भनेर बसेका थियौं। अहिले खेतमा गएका छौं, धान छैन, पानी छ। कहिलेसम्म यस्तै सहने?” — रौतहटको  गौर नगरपालिका का–४ का पवन  पटेल भन्छन्। रौतहट जिल्लाको यमुनामाई, फतुवा विजयपुर, गरुडा, इशनाथ, गुजरा, गढीमाई, दुर्गा भगवती गौर , राजदेवि लगायतका पालिकाहरूमा बाढीले ठूलो नोक्सानी पुर्‍याएको छ। कृषि ज्ञान केन्द्र रौतहटका अनुसार जिल्लामा हजारौं बिघा धानखेत बाढीले डुबाएको छ, र ७० प्रतिशत भन्दा बढी किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्।

प्राकृतिक विपत्तिसँग लड्न सक्ने पूर्वतयारीको पूर्ण अभाव देखिन्छ। किसानले न त समयमै जानकारी पाए, न राहत व्यवस्था। "सरकार भाषणमा कृषि प्रधान देश भन्छ, तर विपत्तिमा किसानलाई ‘प्रधान’ होइन, ‘पीडित’ बनाइन्छ," — स्थानीय समाजसेवी आशिष यादवको गुनासो छ। वर्षेनी आउने बाढी, वर्षेनी डुब्ने खेत, र वर्षेनी गरिब बन्दै जाने किसान — यो कुनै नयाँ घटना होइन। तर राज्यको प्रतिक्रिया भने सधैं एकनासको हुन्छ — ढिलो, कमजोरीयुक्त, र क्षणिक। बाढीले धान बगाएपछि किसानहरू फेरि ऋणमा डुब्न थालेका छन्। बिउ, मल, मजदूरी सबै उधारोमै लिइएको थियो। अब न अन्न छ, न कमाइ। बाँकी बचत पनि सकिने छाँटकाँट देखिंदैन।

"धान त गयो, अब त बिहे गर्न लागेको छोराको जोहो कसरी गर्ने?" — कटनीको आशामा बसेका ४४ वर्षको धनराज सहनि भन्छन्, "गाउँघरमा जताततै रुवाबासी छ।" रौतहटलाई ‘धानको भण्डार’ मानिन्छ। तर यति धेरै उत्पादन हुने ठाउँमा किसानहरू नै भोकभोकै बस्नुपर्ने अवस्था आउनु विडम्बना हो। यो केवल बाढीको त्रास होइन, सरकारको उपेक्षा र व्यवस्थाको असफलताको परिणाम हो। कतै खेतमा अझै केही बचेको धान टिप्न किसानहरू पानीमा गोडा डुबाएर संघर्ष गरिरहेका छन्। तर त्यो प्रयासभन्दा बढी, उनीहरूका आँखाबाट बगिरहेको आँसु नै आज रौतहटको खेत सिँचिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार