मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

१२ सडक बाढी पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

Nagarik Sewa 5112+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् भने १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ । 

विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेखको बागडुल्ल,डुल्लु नगरपालिकामा पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । 

रोल्पाको पुतलाचौर,ग्राम्जिममा पहिरोका कारण शहिदमार्ग १४ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । पश्चिम रुकमको चौखा खोला रिजगाड, उसुमखोला र छलगाडमा पहिरो गएकाले भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । 

यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरोजाँदा अरनिको राजमार्ग १६  दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । रसुवागढी स्याफ्रुबेंसी सडकमा दोस्रोपटक आएको बाढीले क्षति गर्दा तीन सातादेखि पूर्ण रूपमा अवरुद्ध छ भने मितेरी पुल बगाएको डेढ महिना बित्न लाग्दासम्म बेलिब्रिज जडान  हुन सकेको छैन । 

यसैगरी तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । ताप्लेजुङको फक्ताङ्लुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। रेमिट हाइड्रोले बेलिब्रिज जडान गर्ने पहल भएको विभागले जनाएको छ । संखुवासभाको बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि कोशी राजमार्ग अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन विभागले उपकरण परिचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार