ओली र बालेनले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दै

Nagarik Sewa 4298+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौं। झापा–५ निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन् । ओलीले मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि उम्मेदवारी दर्ता गराउन झापा–५ पुगेका छन्। उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।  

ओली सोमबार नै झापा पुगेका थिए भने बालेन शाह जनकपुरमा आयोजित कार्यक्रम सकेर मंगलबार मात्रै झापा आइपुगेका हुन्। बालेनले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका छन्। झापा–५ मा दुई प्रभावशाली नेताबीचको प्रतिस्पर्धाले चुनावी माहोल थप रोचक बनेको छ। दुवै नेताको उम्मेदवारी दर्तासँगै उक्त क्षेत्रमा राजनीतिक सरगर्मी अझ बढ्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार