मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

धनुषामा तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते

Nagarik Sewa 4382+ समाचार ( )
२० आश्विन २०८२, शुक्रबार

धनुषा l धनुषा, विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा अवैध सामानहरू लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा ठूलो समूहमा रहेको तस्करहरूसँग झडप भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले खानतलासीका क्रममा एउटा मोटरसाइल फेला पारेको थियो। नजिकै रहेको टहरोमासमेत खोजतलास गर्ने क्रममा ठूलो संख्यामा रहेका व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि जाइलागेको सहप्रवक्ता थपाले बताए।

‘खोजतलास गर्ने क्रममा सय–डेढ सयको संख्यामा रहेका मानिसहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका  थिए। त्यसक्रममा ६ जना सशस्त्र प्रहरीहरू घाइते भएका छन् भने स्थिति नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर समेत गरेको थियो,’ उनले भने। घाइते भएकाहरूमध्ये तीन जना सशस्त्र प्रहरीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार