विपक्षी र सत्तारुढ दलबिच भएको छलफल निष्कर्षविहीन

Nagarik Sewa 4386+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

काठमाडौं। भिजिट भिसा प्रकरण र संसद् सञ्चालनको विषयमा विपक्षी र सत्तारुढ दलबिच शुक्रबार बानेश्वरमा भएको छलफल निष्कर्षविहीन भएको छ ।  सत्ता र प्रतिपक्ष दलबिचको छलफलमा सहमति जुट्न नसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो। 

उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने ठहर विपक्षी दलले गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद् बैठक बस्न नसक्ने निष्कर्ष निकालेको हो । आफूहरूको अडान यथावत रहेको भन्दै परियारले भने,‘सत्तापक्ष पनि आफ्नै अडानमा छ’,आजको प्रयास पनि सफल हुन सकेन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार