ठूला दलले संख्याको घमण्ड गरे जनताले प्रतिकार गर्ने अध्यक्ष नेपालको भनाई

Nagarik Sewa 4281+ समाचार ( )
२६ माघ २०८१, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।

अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिएका हुन् । ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नुभयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’, उनले भने, ‘जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’

उनले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ कि ? भन्ने प्रश्न पनि गरे । नेपालले त्यसो भए सामना गर्न तयारी रहेको पनि बताए ।

अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझावसमेत दिए । ‘तपाईंहरुलाई संख्याको मात लागेको हो भने छिमेकी देशहरुको घटना सम्झिनुस् । चाहे त्यो बंगलादेश होस् चाहे त्यो श्रीलंका होस् । त्यसले कम्सेकम पाठ सिकाउनुपर्ने हो ।’

अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको कुरा गरेर ठगेको बताएका छन् ।

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए । ‘त्यही प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधन गर्नुछ भन्ने ? गफै हाँकेको हो भने त्यो गफको के काम ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री को बन्ने हो भन्दै अर्को प्रश्न पनि गरे । उनले अघि भने, ‘ ०८४ र ०८७ को बीचमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ?, उनले प्रश्न गर्दै भने, ‘मुखबाट त्यो सिलिप भएको हो कि ? नबोल्नुपर्ने कुरा निस्केको हो कि ? त्यो पनि प्रष्ट थाहा भएको छैन ।’

।उनले प्रधानमन्त्री ओली मुलुक र जनताको समस्या समाधानमा नभइ सत्तालाई कसरी स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएको उनको आरोप छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार