बैतडी। बैतडीको पुर्चौडी नगरपालिकाले १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू एक दिन बन्द गर्ने जनाएको छ।
बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो। पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको उक्त बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।