मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

एमालेले घोषणा गर्यो कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेद्वारमा सुरेन्द्र मानन्धर

Nagarik Sewa 2364+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार घोषणा गरेको छ । यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।

आज भएको घोषणासभामा मेयरका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने बताए । घोषणासभामा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार