मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ : महर
विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ : महर

Nagarik Sewa 4881+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।

प्राज्ञ समूहद्वारा आज काठमाडौंमा आयोजित 'प्राज्ञिक विमर्श' कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, 'व्यक्तिगत रुपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु ।

विश्वविद्यालयकोश्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ।' शिक्षाको उन्नयनका लागि कांग्रेसले देशब्यापी रुपमा -शिक्षा नीति बहस अभियान' संचालन गरेको महरको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालय मात्र नभइ नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालय लगायतमा पदाधिकारी नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति इंगित गर्दै उनले भने, 'विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा मेरिटोरेसीलाई हात्तीकोदेखाउने दाँत मात्र नबनाइ यसको ध्येय पूरा गर्न सरकार र विश्वविद्यालयका पदाधिकारी गम्भीर हुनुपर्छ।'

यस्तै महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार