मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

नेपालले भुटानलाई २ सय ९८ रनले हरायो

Nagarik Sewa 2364+ समाचार ( )
१७ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। रौनक श्रीवास्तवको शतक पूरा गरेको एसिसी मेन्स यु १६ इस्ट जोन कपमा नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हराउँदै सहज जित निकालेको छ। मलेसियामा जारी प्रतियोगितामा आज नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हरायो। 

३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनायो। भुटानका अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो। भुटानका सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट र सुयोग भट्टराईले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । १७ रन जोड्दा २ ओपनर गुमायो ।

तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए । शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रन बनाए । रौनक र सुगम बुढाथोकीले चौथो विकेटका लागि ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन जोडे । पाँचौ विकेटका लागि रौनकले जोय थापासँग १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । यो समूहबाट दोस्रो हुँदै सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ । भुटान समूह चरणका सबै ४ खेलमा पराजित भयो।पराजित हुदै अंक बिहिन भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार थिए । दुई समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुगेका छन्। अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियाले नेपालसँग बिहीवार सेमिफाइनल खेल्नेछ ।

समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार