काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला १ सय रूपैयाँ घटेको छ। आज सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।